दिल बहादुरको उद्दार गर्न परराष्ट्रद्वारा पहल थालियो, ६७ लाख हस्तान्तरण


साउन ३०, काठमाडौं । बिगत दुई वर्षदेखि साउदीमा ब्लडमनि सजाय भोगिरहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाईका लागि साउदी अदालतले तोकेको ब्लडमनी रकम परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई हस्तान्तरण गरिएको छ ।

दिलबहादुर बचाउन मूल समितिले बुधबार परराष्ट्रमन्त्री ज्ञवालीलाई ६७ लाख नेपाली रकम हस्तान्तरण गरेको हो ।

अभियानका संयोजक दिपेश पुनको टिमले मन्त्रीमार्फत हस्तान्तरण गरेको ब्लडमनी रकम साउदी अरबमा रहेको नेपाली दूतावास मार्फत मृतक साउदी नागरिकका परिवारलाई हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयले बुधबार देखि नै प्रक्रिया सुरु गरेको छ ।

अभियानले हस्तान्तरण गरेको चेक ग्रहण गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

यसैबीच दिलबहादुर बचाउन ब्लडमनी संलन अभियान मूल समितिले दिलबहादुरका लागि चालिएको सहयोग अभियान अन्त्य गरिएको घोषणा गरेको छ । बुधबार प्रेस वक्तव्य जारी गरेर सहयोगी सबैलाई धन्यवाद दिंदै अभियान अन्त्य गरिएको घोषणा गरेको हो ।

अभियानको क्रममा एक करोड चार लाख २६ हजार २२३ रुपैयाँ संकलन भएको अभियानले जानकारी गराएको छ । विदेश तथा स्वदेशका विभिन्न संघ संस्थाहरुबाट ५५ लाख ६० हजार २४१, विभिन्न व्यक्तिगत अभियान्ताहरुबाट ३३ लाख ७६ हजार ५९५, व्यक्तिगत सहयोगबाट नौ लाख २२ र गत वर्षको संकलित रकम पाँच लाख ८९ हजार ३६५ रकम संकलित भएको अभियानले सार्वजनिक गरेको छ ।

विभिन्न देश बिदेशमा अभियान चलाउनुहुने महानुभावहरु र आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरु प्रति मूल समितिले धन्यवाद दिएको छ, ‘विशेष गरी वैदेशिक रोजगारीको क्रममा आफ्नो गास कटाएर सहयोग गर्नुहुने आदरणीय दिदी–बहिनी तथा दाजुभाईहरुलाई धन्यवाद दिन चाहन्छौँ, बिज्ञप्तिमा भनिएको छ ।

दिल बहादुरको नाममा उठेको बचत रकम उनि नेपाल नफर्कदा सम्म केहि नगर्ने र फर्किसके पछी यस्तै अन्य बैदेशिक रोजगारमा भएका पिडितहरुका लागि खर्च गर्ने दिपेश पुनले बताए।

३० श्रावण २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको