अन्तर्राष्ट्रिय रोल्पाली एकता मञ्च कुवेत शाखा गठन, जुट्यो दिल बहादुर उद्दार अभियानमा


डिबि बुढाथोकी/पोष्टपाटी

अन्तर्राष्ट्रिय रोल्पाली एकता मञ्च कुवेत शाखा गठन भएको छ । बिश्व भर रहेका रोल्पालीहरु अन्तर्राष्ट्रिय स्तरबाट गोलबन्द हुनेक्रममा कुवेतमा पनि शाखा बिस्तार भएको हो ।

यहि गत शुक्रबार कुवेतको फाहाहिल सि-साइड गार्डेनमा भएको भेलाले अन्तर्राष्ट्रिय रोल्पाली एकता मञ्च कुवेतको संयोजकमा समाजसेवी तथा संचारकर्मी डिबि बुढाथोकी सर्वसम्मतमा चुनिएका छन् ।

रोल्पाली एकता मञ्च सह-संयोजकमा पल बहादुर घर्तीमगर चुनिएका छन् भने सचिवमा दान बहादुर रोका र सह सचिवमा लोक बहादुर बिष्ट चुनिएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा प्रेम बहादुर बुढाथोकी रहेका छन् । सदस्यहरुमा हेम ब. बुढाथोकी, मदन बिष्ट, होम ब. बुढाथोकी, पुर्ण ब. बिक, लिल ब. बुढाथोकी, चेतमान बुढाथोकी, खोकेन्द्र बुढाथोकी, उमङ्ग बिरही, लुद्रबिर घर्ती, कृतिमान पुन, चिरायु बुढाथोकी, नवीन झाक्री मगर, इन्द्र बिक रहेका छन् ।

संस्था अनुगमन संयोजकमा नवराज बुढाथोकी रहेका छन् ।

अन्तर्राष्ट्रिय रोल्पाली एकता मञ्चले विश्व भरि छरिएर रहेका सबै रोल्पालीहरुलाई गोलबन्ध बनाउदै सम्बृद्ध रोल्पाको लागि मातृभूमिका लागि केहि गरौ भन्ने भाव बोकेको छ । हालसम्म अन्तर्राष्ट्रिय रोल्पाली एकता मञ्चले जापान, मलेसिया, साउदी, कतार, युएई लगायतका देशहरुमा उपसमिति गठन गरिसकेको छ ।

उपसमितिले साउदीमा ब्लड मनि सजाय भोगिरहेका रोल्पा निवासी दिल बहादुर घर्ती उद्दार अभियानमा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी अनुरोध गर्दै आर्थिक सहयोग अभियानमा जुट्ने भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली एकता मञ्च कुवेत सहयोग सारथि बनेर पिडितको पिडामा मलम पट्टि लगाउने प्रतिबद्धता पनि जाहेर गरेको छ ।

१२ जेष्ठ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको