विश्वभर रहेका रोल्पालीहरु दिल बहादुरलाइ उद्दार अभियानमा जुटे


पोष्टपाटी/रोल्पा

साउदी जेलमा ब्लड मनि सजाय भोगिरहेका रोल्पाका दिल बहादुर घर्तिलाई उद्दारका लागि अन्तर्राष्ट्रिय रोल्पाली एकता मंचले ‘दिल बहादुर उद्दार अभियान’ थालनी गरेको छ । भर्खरै गठन भएको रोल्पालीहरुको साझा सङ्गठनले आर्थिक संकलनका लागि विभिन्न देशहरुमा अभियानको थालनी गरेको हो ।

देश बिदेशमा रहेका युवाहरु आबद्द रहेको अन्तर्राष्ट्रिय रोल्पाली एकता मंच ‘इरुफ’ सँस्थाले एक प्रेस बिज्ञप्ति जारिगरि मानव सेवा तथा परोपकारी भावना बोकेका सम्पूर्ण आमाबाबा तथा दाजुभाइ दिदीबहिनीहरुलाई आर्थिक सहयोगका लागि जुट्न अनुरोध गरेको छ ।

विभिन्न देशमा रहेका अन्तर्राष्ट्रिय रोल्पाली एकता मंचको उपसमितिहरुलाई अभियानमा जुट्न आह्वान समेत गरेको छ । यससंगै साउदी, कतार, युएई, मलेसिया, जापान, कुवेत लगायतका देशहरुमा अभियान थालनी भइरहेको मंचका संयोजक सन्दिप थापाले बताए ।

रोल्पा जिल्ला धवाङ निवासी दिल बहादुर र्घित मगर रोजगारको शिलशिलामा नेपालबाट स्काभेटर चालकको रुपमा साउदि अरबको रियाद स्थित ‘माजिद अल दियावाही कन्स्ट्रक्सन इस्ट रियाद’ कम्पनीमा गएका थिए तर कम्पनीले मालबाहक ट्रक थम्याइ दिए पछि उनले चलाएको ट्रकले ठक्कर दिंदा साउदीका स्थानीय नागरिक ओतिक बिन डगफ डीके डोघ्लीबको निधन भएको थियो ।

उक्त दुर्घटना पश्चात साउदीको पुनरावेदन अदालतले दिल बहादुर घर्तीलाई ७५५ गल्ति ठहरगरि मृतकको परिवारलाई २२५,००० साउदी रियाल ब्लड मनि बापत क्षेतिर्पूित दिनुपर्ने फैसला गरेको छ ।

हेर्नुहोस प्रेस बिज्ञप्ति;

 

२५ बैशाख २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको