दिल बहादुर बचाउ अभियानले ४० लाख उठायो, अझै २५ लाख आबस्यकता


केबी गुरुङ, रोल्पा

साउदी जेलमा ब्लडमनि सजाय भोगिरहेका दिल बहादुर घर्ति बचाउ अभियानको नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले गृहजिल्ला रोल्पामा पत्रकार सम्मेलन गरेको छ । रोल्पा नगरपालिका केन्द्र लिवाङमा जेष्ठ २२ गते मंगलबार रोल्पाली पत्रकारहरुको उपस्थितिमा दिल बहादुर घर्ति बचाउ बिषयक पत्रकार सम्मेलन गरेको हो ।

पत्रकार सम्मेलनमा दिल बहादुर घर्तीको परिवारको उपस्थिति रहेको थियो भने, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजबाट अध्यक्ष सन्दिप थापा, महासचिव लेख प्रसाद रोकाको उपस्थिति रहेको थियो । त्यसैगरी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका प्रमुख सल्लाकार काँसीराम डाँगी, कानुनि सल्लाहकार खेम बुढाको उपस्थिति थियो ।

कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख पुरण क्षेत्री ‘करेन्ट’, नेपाली काँग्रेस निवर्तमान सभापति कृष्ण घर्ति, पुर्व एमाले अध्यक्ष हरि घर्ति, पुर्व वाइसिएल सचिव बिशालको उपस्थिति रहेको थियो । त्यसैगरि पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिङ बिक, नागरिक न्युजबाट दिनेश सुवेदी लगायतका अन्य रोल्पाली पत्रकारहरुको उपस्थित रहेको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्षले संचालन गरेको कार्यक्रमको बक्ताहरुमा पत्रकार महासंघ शाखा रोल्पाका मानसिङ बि क, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका प्रमुख सल्लाहकार तथा कान्तिपुर रोल्पा सम्बाददाता कासिराम डाँगी, नेपाली कांग्रेस पुर्बसभापति कृष्ण घर्ती, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कानुनि सल्लाकार तथा अन्नपुर्ण पोष्ट रोल्पा सम्बाददाता खेम बुढा र रोल्पा नगरपालिका मेयर पुर्ण केसिले सम्बोधन गरेका थिए ।

दिल बहादुर उद्दार अभियानले ४० लाख उठायो, अझै २५ लाख आवस्यकता

दिल बहादुर उद्दार अभियान थालनी भए पश्चात हाल सम्म करिव ४० लाख रकम जम्मा भएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दिप थापाले जानकारी दिएका छन् ।

उक्त रकम उपराष्ट्रपति पुत्र दिपेस पुन नेतृत्वको मुल समितिद्वारा १५ लाख, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा १५ लाख, राप्ती समाज युकेद्वारा ५ लाख, वाइसीएल रोल्पा द्वारा ५ लाख, उद्योग बाणिज्य संघ द्वारा ४ लाख सरदर रकम उठेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

दिल बहादुर बचाउ अभियानका लागि अझै २५ लाख बराबरको रकम चाहिएको कार्यक्रमले निष्कर्ष निकालेको छ । देश विदेशबाट दिल बहादुर बचाउका लागि आर्थिक संकलन अभियान जारीरहेको छ ।

अन्तर्राष्ट्रिय ‘रोल्पाली सेवा समाज’ दर्ता

देश बिदेशमा रहेका रोल्पालीहरुको साझा संगठन ‘रोल्पाली सेवा समाज’ जिल्ला प्रसासन कार्यलय रोल्पामा दर्ता भएको छ । दर्ता भए संगै सामाजिक सेवामा वैधानिकता पाएको समाजका महासचिव लेख प्रकाश रोकाले बताए ।

यसअघि संस्थाको नाम अन्तर्राष्ट्रिय रोल्पाली एकता मंच राख्ने भनिए पनि दर्ता प्रक्रियामा जाँदा केहि कानुनि जटिलताका कारण ‘रोल्पाली सेवा समाज’ रहन गएको समेत रोकाले जानकारी दिएका छन् ।

रोल्पाली सेवा समाजका उपसमितिहरु विभिन्न देशहरुमा गठन भैसकेका छन्, भने बाँकी देशहरुमा पनि गठन प्रक्रिया चलिरहेको समाजले जनाएको छ । हाल सम्म जापान, युएई, साउदी, कतार, मलेसिया, कुवेत लगायतका देशहरुमा रोल्पाली सेवा समाज संगठन बिस्तार भैसकेको छ ।

दिल बहादुर घर्तीलाई उद्दार गर्न आर्थिक सहयोग गर्न चाहने सह्योगीहातहरुका लागि संस्था र पिडितको नाममा बैंक एकाउन्ट खोलिएको छ, सहयोग गर्न चाहानेले उलेखित बैंक खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

-रोल्पा सेवा समाज बैंक खाता नम्बर ५००१०१००००१३६, ग्लोबल आईएमइ बैंक रोल्पा 

-Rolpali Sewa Samaj A/C no. 5001010000136, Global IME Bank Rolpa)

-बैंक खाता होल्डर, लेख प्रसाद रोका र दिल बहादुर घर्तिको नाममा रकम पठाउन सकिने छ ।

 

२३ जेष्ठ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको